३१ आश्विन २०८३, शनिबार । October 17, 2026

ओडीआई सिरिजः टस जितेको नेपालले पहिला फिल्डिङ गर्दै


२९ माघ २०८०, सोमबार  

9
Shares

काठमाडौं । नेपालले आज क्यानडाविरुद्ध जारी सिरिजको अन्तिम खेल खेल्दैछ ।

सिरिज क्लिन स्विप गर्ने लक्ष्य सहित मैदान छिरेको नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । आजको खेलमा हेमन्त धामीले डेब्यु गर्ने भएका छन् । नेपालले कुल ४ परिवर्तन गरेको छ ।पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्केका छन् ।

नेपालको प्लेइङ ११ मा अनिल शाह, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, ललित नारायण राजवंशी रहेका छन् । यस्तै सुर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी, आसिफ शेख लगायतका खेलाडी बेञ्चमा रहेका छन् ।

यता, क्यानडाको प्लेइङ ११ मा भने आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), श्रेयास मोभा, उदय भगवान सिंह, श्रीमन्थ विजयरत्ने, डिलोन हेलीगर, निखिल दत्त रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि