१५ कार्तिक २०८३, आइतबार । November 1, 2026

यस्तो रहनेछ आइतबारको मौसम


२८ माघ २०८०, आइतबार  

15
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक