६ बैशाख २०८३, आइतबार । April 20, 2026

ओडीआई सिरिजः कप्तान पौडेल चम्कँदा नेपालको रोमाञ्चक जित


२५ माघ २०८०, बिहिबार  

9
Shares

काठमाडौं । कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको खेलमा सात रनको रोमाञ्चक जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई सामान्य योगफलमा समेटे पनि जित भने दर्ता गर्न सकेन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको दुई सय २५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडा ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय १७ रनमा सीमित भयो ।

क्यानडाका लागि निकोलस कीर्तनले ९९ बलमा सात चौकाको मद्दतमा ६८ रन बनाए भने पर्गत सिंहले ५० र हर्श थाकरले ३२ रनको योगदान दिए । तर अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा पहिलो खेलमा जित दर्ता गर्नबाट चुक्यो । पहिलो विकेट १९ रनमा गुमाएको क्यानडाले दोस्रो विकेट ३५ को अवस्थामा गुमायो ।

त्यसपछि निकोलस कीर्तन र पर्गत सिंहले पारी सम्हाल्दै तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए । चौथो विकेटका लागि निकोलस कीर्तन र हर्श थाकरले ६० रनको साझेदारी गर्दा क्यानडा एक सय ७४ रनको बलियो अवस्थामा पुग्यो । यो अवस्थामा क्यानडालाई जितका लागि १७ ओभरमा ५१ रनको आवश्यक थियो ।

खेल पूर्णरुपमा क्यानडाको पक्षमा ढल्किसकेको थियो । त्यसपछि क्यानडाको पारी बिग्रियो । उसले थप ४३ रन बनाउँदा बाँकी छ विकेट गुमाउन पुग्यो । क्यानडाको पौँचौ विकेट एक सय ८९ रनमा गुम्यो भने छैँटौ विकेट एक सय ९५ रन छँदा गुम्यो । साथै सातौ र आठौँ विकेट दुई सय सात रनमा, आठौँ र नवौँ विकेट दुई सय १२ रनमा र अन्तिम विकेट दुई सय १७ रनमा गुमायो ।

नेपालका लागि कप्तान पौडेल एक्लैले चार र ललित राजबंशीले दुई विकेट लिए । त्यसैगरी सोमपाल कामी, रिजन ढकाल, पवन शर्राफ र कुशल मल्लले समान एक/एक विकेट लिए । जितसँगै नेपाल तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर ५० ओभरमा अलआउट हुँदा दुई सय २४ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कुशल भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए । त्यस्तै आशिफ शेख र रोहित पौडेलले समान आठ/आठ रन मात्रै बनाए । भीम सार्कीले १७, कुशल मल्लले २०, आरिफ शेखले ३८, पवन शर्राफले १५, सोमपाल कामीले २७, सूर्य तामाङले १० तथा रिजन ढकालले चार रन बनाए ।

नेपाललाई अलआउट गर्ने क्रममा क्यानडाका उदय भागवानले तीन विकेट लिए भने साद विन जफर र इश्वरजित सोहीले समान दुई/दुई विकेट लिए । त्यस्तै हर्श थाकर र शाहिद अहमदजाइले समान एक/ एक विकेट झारे ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित