६ बैशाख २०८३, आइतबार । April 20, 2026

ओडीआई सिरिजः नेपालले आज क्यानडासँग पहिलो खेल खेल्दै


२५ माघ २०८०, बिहिबार  

9
Shares

काठमाडौं । क्यानडासँगको तीन ओडीआई सिििरजअन्तर्गन नेपालले आज पहिलो खेल खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेर १५ मिनेटबाट खेल सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टीमले घरेलु मैदानको फाइदा उठाउँदै जित हात पार्ने लक्ष्य लिएको छ । यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरुवात गर्नेछ । नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ ।

करण केसी र गुलशन झा यस सिरिजमा छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन् । नेपालको टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रजिन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द, अनिल कुमार शाह रहेका छन् ।

यस्तै क्यानडाको टोलीमा कप्तान साद बिन जाफर, आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान रहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित