१३ पुस २०८२, आइतबार । December 28, 2025

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १३ कम्पनीका ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता शेयर ६५ हजार चार सय ६३ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ बराबरको कारोबार भएको छ ।

वित्त समूह शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १७, निर्जीवन बीमा समूह शून्य दशमलव ३९, व्यापार समूह शून्य दशमलव १२ र अन्य समूह एक दशमलव ५३ प्रतिशतले घटेको छ । आजको कारोबारमा सबैभन्दा बढी होटल तथा पर्यटन समूह एक दशमलव ५० र जीवन बीमा समूह एक दशमलव २९ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ समूह शून्य दशमलव २६, विकास बैंक समूह शून्य दशमलव ३०, जलविद्युत् समूह शून्य दशमलव ९४, लगानी समूह शून्य दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ४२ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने एनसीसी डिभेञ्चर(२०८६ पाँच दशमलव २५ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु २४ करोड ८२ लाख ६८ हजार ३८ बराबरको तीन लाख ५४ हजार दुई सय ५८ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist