६ चैत्र २०८२, शुक्रबार । March 21, 2026

म त छोरा मान्छे, कहाँ रुन हुन्छ !

के पिडाको पनि जेन्डर हुन्छ ?


२३ माघ २०८०, मंगलबार  

213
Shares

मेरो जन्मले घर झलमल भएको थियो रे ! ‘घरवाला’को अनुहार प्रफुल्लित थियो रे ! जन्मिँदा आफू सानै थिएँ, के थाहा पाउनु । बल्ल बुझ्दै छु, एउटै क्रियाको फरक व्यक्तिमा फरकफरक प्रतिक्रिया हुन्छ ।

मेरा हजुरबा खुसी थिए रे ! वंश अघि बढाउने नाति भयो भनेर । हजुरआमालाई नाति चाहिएको थियो, ‘बैतरणी तर्न’ । बाले मलाई पहिलोपटक काखमा लिँदा भनेका थिए रे, ‘मेरो दुःख साट्ने, परिवारका लागि जस्तो पनि आँट्ने, मेरो चट्टान मेरो छोरो।’ मभन्दा अघि तीनजना दिदी जन्मँदा बुबाले के भन्नु भयो म जान्दिनँ ! उहाँको मुहारमा त्यो कान्ति थिएन रे, जुन कान्ति मेरो जन्ममा थियो । श्रीमानको हेलाँ, ससुराको कर्के नजर र सासुको टोकसोबाट मुक्ति पाएकोमा मेरी आमालाई अलग्गै सन्तोष थियो रे ! नौ महिना कोखमा हुर्काएर संसारमा स्वागत गर्दाको खुसी त हुने नै भयो ।

ठूली दिदी मभन्दा ६ वर्ष जेठी छिन् । माइली दिदीसँग चार वर्ष र कान्छी दिदीसँग १८ महिनाको फरक छ । म दुई–चार वटा बाख्रा लिएर गोठालो हिँड्न सक्ने हुँदा जेठी र माइली दिदी दैनिकजसो मेला हिँड्थे । कान्छी र म चाहिँ उज्यालो भएदेखि राति सुत्ने बेला नहुँदासम्म सँगै हुन्थ्यौँ । हामी साथमा नभई पनि नहुने र हुँदा पनि झगडा गरिरहन्थ्यौँ । हाम्रो जति झगडा गर्न सायद कुकुर र बिरालोले पनि ल्याकत राख्दैनथे । रहरको एक मात्र छोरो भएकाले होला, बा र हजुरआमाको गाली भने सधैँ कान्छीको भागमा पथ्र्यो। गल्ति गरेरै पनि गाली खान नपर्दा मलाई खुसी लाग्थ्यो । अहिले सोच्छु– मेरो गल्तिमा किन गाली गरिन्थ्यो दिदीहरुलाई ? के दिदीहरु रहरका सन्तान थिएनन् ?

एउटा घटना अहिले पनि धुमिल भएर स्मिृतीमा बसेको छ । बुबाले कान्छी काकीसँग घर किन्नुभएको थियो । घर पछाडी गोठ थियो । घरलाई देब्रे पारेर गोठतिर लाग्दा दाहिनेतिर बाख्राको खोर । मलाई कैली बाख्रिको अचम्मै माया लाग्थ्यो, कान्छीलाई लम्कानेको । त्यो दिन कसको बाख्रो पहिला हुल्ने भन्ने निहुँ थियो, घमासान झगडा पर्‍यो । बुबाले झोक्किँदै आएर कान्छीको देब्रे गालामा तीन तारा देखिने गरी बजाइहाल्नुभयो । मेरो डरको सीमा रहेन। कान्छीको मायाले हो या आफूले पिटाइखाने डरले हो– भक्कानो फुट्यो, डाँको छोडेर रुन थालेँ ।

अब के ! कान्छो छोरो, प्यारो छोरो । थप्पड दिदीले खाएकी थिई, तर बिचरा म नै भएँ । हजुरबाले पँधेराबाट आउँदाआउँदै गाग्री पिँडीमै बिसाएर मलाई काखमा राख्नुभयो । ‘धत् लाटा, छोरा मान्छे भएर पनि रुन्छन् ! लाज हुँदैन ? देख्नेले के भन्लान् ? चुप लाग्,’ मलाई मुसार्दै हजुरबाले भन्नु भयो।

२०६४ साल पुसमा दमका कारण हजुरबा बित्नुभयो । घरपरिवार शोकमा डुबेको थियो । फुपू र काकीहरु भक्कानिएर रुँदै थिए । मलाई पनि आफूभित्र भएको गंगा रित्तिने गरी रुन मन थियो । तर, हजुरबाकै समिपमा हुर्किएको म, मनमा लागिरहन्थ्यो– ‘छोरा मान्छे भएर रुनुहुन्न ।’ ६९ सालमा कान्छीको विवाह भयो । विवाहको कुरा पक्का भएदेखि नै मलाई नमजा लाग्न थाल्यो । मेरो दिदी भने पनि साथि भने पनि कान्छी नै त थिई ।

कान्छीलाई अन्माएर पठाउँदै गर्दा मैले आफ्नो बालापनलाई पनि सँगै बिदाई गरेँ । तर पनि दुई थोपा आँसु खसेनन् । किनकी म त छोरा मान्छे पो हुँ त । चार वर्षअघि पाठेघरको क्यानसरले आमा बित्नुभयो । जीवनमा पहिलोपटक यति धेरै पिडा महसुस गर्दै थिएँ । भक्कानिन मन थियो । एकान्तमा हुँदा कहिलेकाहीँ परेली रुझिरहन्थे । तर, सायद पुरुष अहमका कारण होला आँशु झार्न भने सकिन ।

अचेल मेरी श्रीमती रुपाका कुरा सुन्दा केही फरक महसुस गर्छु । उनका कथा सुन्छु, भोगाइ सुन्छु । उनी रुन्छिन्, उनलाई सम्झाउँछु । म आफैंँ उनलाई मन फुकाएर रुन भन्छु । तर, आफ्नो दुख पोख्न सक्दिनँ । आँशु झार्न सक्दिनँ । सधैँ उनी प्रश्न गर्छिन्– ‘मलाई मन खोलेर रुन इन्करेज गर्ने आफू किन आँशु लुकाउनुहुन्छ ? किन केटा मान्छे रुन हुँदैन सोच्नुहुन्छ ? के पिडाको पनि जेन्डर हुन्छ ?’

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो