६ चैत्र २०८१, बिहिबार । March 20, 2025

राष्ट्रिय सभा निर्वाचन

फेरियो दलिय हैसियत, माओवादी बन्यो सवैभन्दा ठुलो दल



काठमाडौं । राष्ट्रिय सभाको अन्तिम मत परिणाम सार्वजनीक भएसँगै दलीय हैसियत पनि फेरीएको छ ।

नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो ।

यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ । माओवादी केन्द्रका ५ जना निर्वाचित भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् ।

थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल भएको हो । हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन । जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ ।

बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ । राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल सकिँदैछ । यो ठाउँमा जनमोर्चाकाी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ । यसो भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् ।

लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पाँचौँ दिन पनि नेप्से परिसूचकमा गिरावट, कारोबारमा हलचल

काठमाडौं। आज पनि शेयर बजारमा गिरावट आएको छ, र यो

प्रधानमन्त्री ओली: महंगी घटे पनि ‘बढ्दो महंगी नियन्त्रण गर’ नारा सधैं लोकप्रिय

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महंगी नियन्त्रणका लागि सरकारले विभिन्न

रोग र कीराले बगानलाई ठुलो धक्का, समाधानका लागि विज्ञ टोली मैदानमा

भोजपुर। अलैँची किसानहरूको सामना गर्दै विभिन्न समस्याहरूको समाधान खोज्न विज्ञहरूको

गोदावरी ४ मा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु

काठमाडौं । बाँसले जीवन राम्रो बनाउँछ भन्ने नाराका साथ ललितपुरको

बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान

काठमाडौं । बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि