२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

व्यवसायी अग्रवाल मृत्यु प्रकरण

अंशबण्डा विवादकै कारण गरे आत्महत्या


१० माघ २०८०, बुधबार  

27
Shares

धनगढी । बुधबार दिउँसो घरको छतबाट हाम फालेर आत्महत्या गरेको धनगढीका व्यवसायी सन्तोष अग्रवालले पारिवारिक कारणले आत्महत्या गरेको पाइएको छ ।

व्यवासयी अग्रवालको बुधबार नवजीवन अस्पतालमा मृत्यु भएको थियो । छोरासँग अंशबण्डाको विषयमा विवाद भएपछि उनले आत्महत्या गरेको खुलेको छ । प्रहरीका अनुसार काठमाडौं बस्दै आएका जेठा छोरा बुधबार बिहान घर आएका थिए । कान्छा छोरा भने सन्तोषसँगै धनगढीमा बस्थे ।

प्रहरी स्रोतका अनुसार अग्रवाल बिहान आफ्नै पसल सन्दीप स्टोरमा काम गरिरहेका थिए । त्यहीँ पुगेर जेठा छोराले अंशबण्डाको विषयमा कुरा उठाएपछि विवाद भएको थियो । सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा अग्रवाल घरको छतमा चढेका बेला स्थानीयले त्यसो नगर्न भनेको सुनिन्छ तर उनी कसैको कुरा परवाह नगरी हाम फालेको देखिएको छ ।

प्रहरीका अनुसार घटना भइसकेपछि परिवारका सदस्य र छिमेकीले उनलाई अस्पताल पु¥याएका थिए । तर, उनलाई बचाउन भने सकिएन ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ