८ कार्तिक २०८३, आइतबार । October 25, 2026

प्रहरीको फरार सुचिमा पञ्चासिंह ! कतै राजनीतिक संरक्षण त होइन ?


९ माघ २०८०, मंगलबार  

21
Shares

सुर्खेत । १५ वर्षअघि कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका कालीकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

किटानी जाहेरीमा नाम उल्लेख भएका उनीहरुमाथि गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जि जारी भएको थियोे । उनिहरुलाई यतिबेला प्रहरीले खोजि गरिरहेको छ । घटनाको अनुसन्धान गर्न पछिल्लो पटक सुर्खेत प्रहरीले प्रहरी निरीक्षक कृष्ण खड्कालाई अनुसन्धान अधिकारी तोकेको छ ।

त्यसो त यो घटनामा अनुसन्धान अधिकृत तोकिएको यो पहिलो पटक होइन । उक्त घटनाका आरोपीलाई पक्रिन भन्दै यसअघि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकिसकेको थियो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि