२० माघ २०८१, आइतबार । February 2, 2025

प्रधानमन्त्री प्रचण्ड किन गए युगान्डा ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् ।

उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

त्रिकोणात्मक महिला टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

आजको मौसमः काठमाडौंको तापक्रम घट्यो, देशको पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

माघ २० गते आइतबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २० गते

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी