१ माघ २०८१, मंगलबार । January 14, 2025

फेला पर्यो त्रिशूलीमा खसेको भारतीय नम्बरको जिप



चितवन । आज बिहान त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जीप फेला परेको छ ।

आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो जीप फेला पारेका हुन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो ।

तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन । डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको प्रहरीले जनाएको छ ।

यद्यपी, गाडीमा कति जना सवार थिए भन्ने कुरा भने हालसम्म कुनै जानकारी छैन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पीएम कप महिला क्रिकेटः सुदूरपश्चिमको विजयी सुरूवात

काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत मंगलबार बिहान भएको

पीएम कप महिला क्रिकेटः एपीएफले कर्णालीलाई दियो १ सय ८३ रनको लक्ष्य

धनगढी । जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफले कर्णाली प्रदेशलाई

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

जय ट्रफी क्रिकेटको फाइनल आजबाट, आर्मी र पुलिस भिड्दै

काठमाडौं । जय ट्रफी बहुदिवसीय एलिट कप क्रिकेटको फाइनल खेल

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व