२९ पुस २०८१, सोमबार । January 14, 2025

फेला पर्यो त्रिशूलीमा खसेको भारतीय नम्बरको जिप



चितवन । आज बिहान त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जीप फेला परेको छ ।

आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो जीप फेला पारेका हुन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो ।

तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन । डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको प्रहरीले जनाएको छ ।

यद्यपी, गाडीमा कति जना सवार थिए भन्ने कुरा भने हालसम्म कुनै जानकारी छैन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुल्मीबाट प्यूठान गौमुखी जाँदै गरेको जीप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मी र प्युठान जिल्लाको सिमाना अग्लुङ्ग फेदीमा जीप

रेड्मी नोट १४ सिरिज नेपाली बजारमा सार्वजनिक, सुरुवाती मूल्य कति ?

काठमाडौं । एमआई रेड्मी नोट १४ सिरिज नेपाली बजारमा सार्वजनिक

यू-१९ महिला विश्वकपः पहिलो अभ्यास खेलमा नेपाल ९ रनले पराजित

काठमाडौं । आइसीसी यू-१९ महिला टी-२० विश्वकप अघिको अभ्यास खेलमा

जापानमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । जापानको दक्षिण(पश्चिमी क्षेत्रमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प

चीनमा फेरि गयो शक्तिशाली भूकम्प, नेपालमा पनि धक्का

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजको डिङ्ग्री काउन्टीमा सोमबार