६ चैत्र २०८१, बिहिबार । March 20, 2025

राष्ट्रिय सभा निर्वाचनः आजदेखि आचारसंहिता लागू हुँदै



काठमाडौं । माघ ११ गते हुन राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातदेखि आचारसंहिता लागु हुँदैछ ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो । मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ । आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन । कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन ।

सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष/विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ । आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, शिक्षक, पत्रकार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको तीन सय मिटर वरपरबाट प्रचार सामग्री हटाउनुपर्ने छ । आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गोदावरी ४ मा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु

काठमाडौं । बाँसले जीवन राम्रो बनाउँछ भन्ने नाराका साथ ललितपुरको

बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान

काठमाडौं । बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि

एसइई परीक्षा आजदेखि, पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।

अमेरिकी डलरको भाउ ओरालो यात्रामा, युरो र पाउन्ड स्टर्लिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत