१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

यू–१९ विश्वकप क्रिकेटः नेपालले आज पहिलो औपचारिक अभ्यास खेल स्कटल्यासँग खेल्दै


२८ पुस २०८०, शनिबार  

3
Shares

काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले पहिलो औपचारिक अभ्यास खेल खेल्न लागेको हो । नेपाल र स्कटल्यान्डबीचको अभ्यास खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे शुरु हुनेछ । आज नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारतबीच पनि अभ्यास खेल हुनेछ ।

यसअघि नेपालले सोमवार स्कटल्यान्ड र बिहीवार नामिबियासँग खेलेको अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो । आईसीसीले विश्व कपअघि हरेक टोलीलाई दुई–दुई वटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ ।

नेपालले दोस्रो अभ्यास खेल मङ्गलवार वेस्ट इन्डिजसँग खेल्नेछ । १९ वर्षमुनिको विश्व कप आउँदो माघ ५ गतेदेखि शुरु हुनेछ । यो विश्व कपमा नेपालसहित १६ वटा देश सहभागी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १२ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली