१ कार्तिक २०८३, आइतबार । October 19, 2026

नागरिक उन्मुक्ति पार्टीको महासचिवमा २ जना चयन


२८ पुस २०८०, शनिबार  

6
Shares

कैलाली । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा दुई जना चयन भएका छन् ।

टीकापुरमा जारी प्रथम महाधिवेशनले पार्टीको विधान संशोधन गरेर दुई जनालाई सर्वसम्मत महासचिव घोषणा गरेको हो । महासचिवमा कैलालीका गंगाराम थारु र लुम्बिनीका धर्मबहादुर चौधरीलाई निर्वाचित भएको घोषणा गरिएको छ ।

पार्टीको उपाध्यक्षमा सर्वसम्मत भएका रतन थापाले विधान संशोधन गर्नेगरी दुवै जनालाई महासचिव चयन गरिएको बताए । थापाले उपाध्यक्षमा पनि सहमतिको प्रयास जारी रहेकोले आज टुंगो लागेपछि बैठक बसेर विधान संशोधन गरिने बताए ।

योसँगै अध्यक्षसहितका २७ जना पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिले उनीहरुलाई शुक्रबार राति प्रमाणपत्र वितरण गरिसकेको छ । उपाध्यक्षमा अन्य ५ प्रदेशमा सर्वसम्मत निर्वाचित भएपनि बागमति र लुम्बिनी प्रदेशमा सहमति हुन नसक्दा महाधिवेशन लम्बिएको छ ।

दुवै प्रदेशमा सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि