७ बैशाख २०८३, सोमबार । April 20, 2026

नागरिक उन्मुक्ति पार्टीको महासचिवमा २ जना चयन


२८ पुस २०८०, शनिबार  

6
Shares

कैलाली । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा दुई जना चयन भएका छन् ।

टीकापुरमा जारी प्रथम महाधिवेशनले पार्टीको विधान संशोधन गरेर दुई जनालाई सर्वसम्मत महासचिव घोषणा गरेको हो । महासचिवमा कैलालीका गंगाराम थारु र लुम्बिनीका धर्मबहादुर चौधरीलाई निर्वाचित भएको घोषणा गरिएको छ ।

पार्टीको उपाध्यक्षमा सर्वसम्मत भएका रतन थापाले विधान संशोधन गर्नेगरी दुवै जनालाई महासचिव चयन गरिएको बताए । थापाले उपाध्यक्षमा पनि सहमतिको प्रयास जारी रहेकोले आज टुंगो लागेपछि बैठक बसेर विधान संशोधन गरिने बताए ।

योसँगै अध्यक्षसहितका २७ जना पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिले उनीहरुलाई शुक्रबार राति प्रमाणपत्र वितरण गरिसकेको छ । उपाध्यक्षमा अन्य ५ प्रदेशमा सर्वसम्मत निर्वाचित भएपनि बागमति र लुम्बिनी प्रदेशमा सहमति हुन नसक्दा महाधिवेशन लम्बिएको छ ।

दुवै प्रदेशमा सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित