४ चैत्र २०८१, मंगलबार । March 19, 2025

कोशी प्रदेशसभाको सभामुखमा विष्ट सर्वसम्मत चयन



विराटनगर । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अम्बर बहादुर विष्ट सर्वसम्मत चयन भएका छन् ।

कोशी प्रदेशसभाको आज (मंगलबार) बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् । गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो  ।

सोही निर्णयको आधारमा बिहान १० बजे बसेको प्रदेशसभाको बैठकले निर्वाचन सम्बन्धी तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अनुसार सार्वजनिक भएको निर्वाचन तालिका अनुसार आज दिउँसो ३:०० बजे निर्वाचन राखिएको थियो । सो सूचना अनुसार विष्टले उम्मेदवारी दिएका थिए ।

दिउँसो ३ बजे पछि बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला र समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गरेकी हुन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु