६ आश्विन २०८३, मंगलबार । September 22, 2026

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीका लागि मंगलबार राष्ट्रिय शोक


२२ आश्विन २०८०, सोमबार  

12
Shares

काठमाडौं । युद्धग्रस्त इजरायलमा बम आक्रमणमा परी मृत्यु भएका नेपालीका लागि सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले बताइन् । साथै मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र नेपाल आउन चाहने नेपालीलाई यथाशीघ्र स्वदेश फिर्ता गर्ने निर्णय पनि बैठकले गरेको छ । शनिबार प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको को मृत्यु भएको थियो ।

तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । अधिकारीहरूका अनुसार सोमबार बिहान हमासको आकस्मिक हमलामा परि मृत्यु हुने इजरायलीको संख्या ७ सय रहेको छ ।

तर यो संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । मारिएकाहरू मध्ये २ सय ५० भन्दा बढी त गाजा सीमानजिकै एक कन्सर्टमा भाग लिन पुगेकाहरु थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा