२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

बागमती प्रदेशसभा बैठक बस्दै



मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ बजे बस्दै छ ।

उक्त बैठकमा छलफलका लागि दुई विधेयक पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए । बैठक यसअघि यही असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेशसभा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ ।

सरकारले प्रस्तुत गरेको सो विधेयकलाई बैठकमा प्रतिपक्षी सदस्यले विरोध जनाउँदै आएका छन् । सदस्यलाई पूर्वजानकारी नै नदिई सरकारले सिधै बैठकमा चिट्ठा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गर्दै आएको हो । बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १० : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको