७ बैशाख २०८३, सोमबार । April 20, 2026

सहुलियत पसल आजदेखि, कहाँ–कहाँ खुल्दैछ ?


२१ आश्विन २०८०, आइतबार  

3
Shares

काठमाडौं । चाडपर्वलक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आउने भएका छन् ।

उपभोक्तालाई सहुलियत प्रदान गर्न सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको जनाएको छ ।

सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । यस्ता पसल काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकाको हकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्रमा यस्ता सहुलियत पसल सञ्चालन हुनेछन् ।

मन्त्रालयले उपत्यकामा तीन वटा घुम्ती पसलसहित ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण गरिने जनाएको छ । त्यस्ता पसलहरू खाद्य व्यापार कम्पनीले मात्रै ४२ जिल्लाका ४८ स्थानमा सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार, उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुनेछ ।

देशका विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट पनि खाद्यले खाद्यान्नलगायत बिक्री वितरण गर्नेछ । अनलाइनबाट पनि खाद्यान्न बिक्री गर्ने खाद्यको तयारी छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित