२१ मंसिर २०८२, शनिबार । December 6, 2025

सहुलियत पसल आजदेखि, कहाँ–कहाँ खुल्दैछ ?



काठमाडौं । चाडपर्वलक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आउने भएका छन् ।

उपभोक्तालाई सहुलियत प्रदान गर्न सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको जनाएको छ ।

सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । यस्ता पसल काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकाको हकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्रमा यस्ता सहुलियत पसल सञ्चालन हुनेछन् ।

मन्त्रालयले उपत्यकामा तीन वटा घुम्ती पसलसहित ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण गरिने जनाएको छ । त्यस्ता पसलहरू खाद्य व्यापार कम्पनीले मात्रै ४२ जिल्लाका ४८ स्थानमा सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार, उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुनेछ ।

देशका विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट पनि खाद्यले खाद्यान्नलगायत बिक्री वितरण गर्नेछ । अनलाइनबाट पनि खाद्यान्न बिक्री गर्ने खाद्यको तयारी छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको