२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

नाटक ‘बिदाइ’ मार्फत चलचित्र ‘परदेशी २’ को प्रचार



गण्डकी । परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ । फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए। विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उनको भनाइ छ ।

फिल्मको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित फिल्मबारे जानकारी गराएको थियो । फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि फिल्म प्रवर्द्धनमा सक्रिय छन् । सपूत अध्ययनका लागि विदेशिएको युवाको भूमिका फिल्ममा देखिँदै छन् ।

नारायणगढ, नेपालगञ्ज र बुटवलमा प्रचारात्मक कार्यक्रम भइसकेको निर्देशक रायमाझीले बताए । पोखरापछि पूर्वी नेपालका विभिन्न सहरमा फिल्मको टिम पुग्ने जनाइएको छ । बडादसैँको छेकोमा प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ सपूत अभिनित पहिलो फिल्म हो ।

गायन करिअरको शिखरमा रहेकै बेला सपूत ‘परदेशी २’बाट नायकका रुपमा उदाउँदै छन् । अभिनेत्री अधिकारीको अभिनय यात्रामा भने यो ३३औँ फिल्म हो । पहिलोपल्ट ‘हिरो’ का रुपमा ठूलो पर्दामा आउँदा दङ्ग र उत्साहित रहेको सपूतले बताए ।

“नायकका रुपमा यो मेरो परीक्षा हो, सुरुमै ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेलमा अभिनय गर्न पाउनु आफैमा सुखद् कुरा हो”, उनले भने, “अहिले फिल्मको प्रचारका क्रममा दर्शकहरु भेटिरहेका छौँ, राम्रो प्रतिक्रिया आइरहेको छ ।” विद्यालय र कलेज केन्द्रित प्रवर्द्धनको कार्यक्रमले नयाँ पुस्तालाई फिल्मप्रति अभिरुचि जगाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । नायिका केकी अधिकारीले मौलिक कथामा राम्रो फिल्म बनेको बताए।

आफ्नो फिल्म करिअरमा ‘परेदशी २’ले विशेष अर्थ राख्ने उनले उल्लेख गरे । “परदेशी २ नेपाली परिवेश र जनजीवनको कथा हो, फिल्म राम्रो बनेको छ, दर्शकको साथ पाउनेमा हामी ढुक्क छौँ”, उनले भने । शुक्रबार नायक सपूतको गृह जिल्ला बागलुङमा ‘परदेशी २’को प्रिमियर शोसमेत राखिएको थियो ।

जिल्लावासीले बाजागाजासहित उहाँलगायत फिल्मका कलाकारलाई विशेष स्वागत गरेका थिए । उनले ‘परदेशी २’ को प्रर्दशनपछि मात्र फिल्म निर्देशन र अभिनयमा विषयमा थप निर्णय लिने बताए। सपूतले यसअघि आफ्नै कथा र निर्देशनमा फिल्म बनाउने सङ्केत गरेका थिए ।

उनका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’लगायत गीत चर्चित छन् । गायकका रुपमा ख्याती आर्जन गरेका सपूतलाई फिल्म फाप्छ या फाप्दैन त्यो त हेर्न बाँकी नै छ । रायमाझीको निर्माण तथा निर्देशनमा यसअघि बनेको फिल्म ‘परदेशी’ व्यावसायिकरुपमा सफल भएको थियो ।

सोही फिल्मको सिक्वेलका रुपमा ‘परदेशी २’ निर्माण गरिएको हो । फिल्ममा सपूत र अधिकारीसँगै वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायत कलाकारको अभिनय रहेको छ । नारायण रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्मका नेपालसहित भारत र अमेरिकामा छायाँकन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ११ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको