१ पुस २०८२, मंगलबार । December 16, 2025

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) स्वदेश फर्कदै छन् ।

अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी राष्ट्र चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् । हिजो (शुक्रबार) छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरे पछि प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए ।

उनको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीको सहभागीता रहेको थियो । सो अघि तिब्बतस्थित मानसरोवर र कैलास पर्बत दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड हिजो मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुगेका हुन् । गत भदौं २० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका हुन् ।

एसियाली खेलकुदको उदघाटनमा सहभागी समेत भएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका थिए भने चिनियाँ समकक्षीसँग बेइजिङमा बार्ता गरेका थिए । उनी गत भदौं ३० गते अमेरिका प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ११ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले