३ आश्विन २०८३, शनिबार । September 20, 2026

दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ


११ आश्विन २०८०, बिहिबार  

3
Shares

चरिकोट । दोलखाको सिँगटीबाट चार किलो सुन बरामद भएको छ ।

दोलखाका गरिव भुजेल परिवारलाई सुन माफिया र तस्करहरुले आर्थिक प्रलोभनमा पारेर उनीहरुका नाममा कम्पनी दर्ता गरेर सुन तस्करी गरिरहेको तथ्य पर्दाफास भईरहेका बेला दोलखाको सिँगटीबाट ४ किलो सुन बरामद भएको हो । प्रहरीले यो सुन हिजो राती (बुधबार राती) बरामद गरेको हो । सुन करिव ४ किलो जति रहेको प्रहरीले जनाएको छ ।

सुनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो । लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ ।

‘करिब चार केजी सुनसहित तीनजना पक्राउ परेका छन्, अहिले मुचुल्का उठाइएको छ,’ डिएसपी खड्काले भने, ‘बिहीबार सार्वजनिक गर्छौँ ।’ एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली