१९ माघ २०८१, शनिबार । February 1, 2025

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने



काठमाडौं । इन्द्रजात्राका कारण आजदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

इन्द्रजात्राको अवसरमा आयोजना गरिने रथ यात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ । जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको महानगरको सूचनामा उल्लेख छ ।

आज बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म सवारी साधन चलाउन पाइने छैन । असोज १२ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

त्यस्तै, असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन रोक लगाइएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस

त्रिदेशीय महिला टी २० सिरिजः नेदरल्यान्ड्समाथि थाइल्यान्डको सहज जित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० महिला

रास्वपा सांसदहरुले १५ मिनेटका लागि बहिष्कार गरे संसद् बैठक

काठमाडौं । सभामुखले आकस्मिक समयमा बोल्न नदिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका