७ बैशाख २०८३, सोमबार । April 21, 2026

साफ यूः१९ च्याम्पियन सिपको तयारी पूरा


२ आश्विन २०८०, मंगलबार  

12
Shares

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप–२०२३ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो । दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डरअनुसार तय भएको प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ टोली प्रशिक्षक सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका लागि सहभागी राष्ट्रहरू आउनेक्रम जारी रहेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । उनका अनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज मंगलबार आइपुग्ने तालिका रहेको छ । यस्तै, पाकिस्तानको टोली पनि आजै आइपुग्ने जनाइएको छ ।

सहभागी टोलीका लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ । एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै, प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोट्स सेन्टरलाई प्रदान गरिएको छ । यस प्रतियोगिताका लागि दुईथरी टिकटको व्यवस्था गरिएको छ । जसमा साधारण पारापिटतर्फ रु १०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ ।

टिकट खल्तीको एपबाट वा रंगशालामा भौतिकरूपमा पनि किन्न पाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ३ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित