२१ मंसिर २०८२, शनिबार । December 6, 2025

साफ यूः१९ च्याम्पियन सिपको तयारी पूरा



काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप–२०२३ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो । दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डरअनुसार तय भएको प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ टोली प्रशिक्षक सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका लागि सहभागी राष्ट्रहरू आउनेक्रम जारी रहेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । उनका अनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज मंगलबार आइपुग्ने तालिका रहेको छ । यस्तै, पाकिस्तानको टोली पनि आजै आइपुग्ने जनाइएको छ ।

सहभागी टोलीका लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ । एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै, प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोट्स सेन्टरलाई प्रदान गरिएको छ । यस प्रतियोगिताका लागि दुईथरी टिकटको व्यवस्था गरिएको छ । जसमा साधारण पारापिटतर्फ रु १०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ ।

टिकट खल्तीको एपबाट वा रंगशालामा भौतिकरूपमा पनि किन्न पाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ३ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको