४ कार्तिक २०८३, बुधबार । October 21, 2026

रजत पदक विजेता अभय महरा सम्मानित


१६ भदौ २०८०, शनिबार  

3
Shares

कपिलवस्तु। दक्षिण एसियाली खेलमा रजत पदक विजेता खेलाडी सम्मानित भएका छन् ।

काठमाडौंमा हालै सम्पन्न दक्षिण एसियाली क्षेत्रीय जुनियर च्याम्पियन अन्डर १७ ब्याडमिन्टन प्रतियोगितामा पुरुष डबल्सतर्फ रजत पदक विजेता कपिलवस्तु नगरपालिका-१ का खेलाडी अभय महरालाई आज तौलिहवामा सम्मान गरिएको हो ।

जिल्ला ब्याडमिन्टन संघको आयोजनामा तौलिहवास्थित जिल्ला खेलकुद विकास समिति परिसरमा खेलाडी महरालाई प्रदेश सभा सदस्य वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल लगायतले प्रशंसा पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

गत मंगलबार सम्पन्न दक्षिण एसियाली क्षेत्रीय जुनियर च्याम्पियन अन्डर १७ प्रतियोगितामा नेपालका तर्फबाट खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक जितेको थियो ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ५ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि