४ चैत्र २०८१, मंगलबार । March 19, 2025

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूचि



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरमा स्थित संघीय संसद भवनमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

साथै, सांसद सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराइने छ । उता, बाधा अडकाउ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।

साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई वफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् । यस्तै, सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

उता, विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइने छ भने संसदीय समितिका सदस्यहरूको नामावली हेरफेरको सूचना पनि जानकारी गराइनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु