४ असार २०८३, बिहिबार । June 18, 2026

गैँडाकोटको बसेनी गाउँ: पहिले पाखो बारी, अहिले सुन्तला घारी


५ भदौ २०८०, मंगलबार  

6
Shares

नवलपरासी । सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ ।

बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको छ । भिरालो र नाङ्गो जमिन अहिले सुन्तालाको बगैँचाले हरियालीमात्रै भएको छैन , भदौको अन्तिम सातासम्म बिक्रीका लागि सुन्तला तयारसमेत हुँदैछ । चौसठ्ठी वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैँचामा उन्सु प्रजातिको सुन्तला बिक्रीका लागि तयार हुँदै छ ।

टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी उनले विसं २०७५ बाट व्यावासायिकरूपमा सुन्तला जातका फलफूलको खेती लगाउँदै आएका थिए । “चौध रोपनीबाट सुरु गरेको सुन्तला जातका फलफूलको व्यावसायिक खेतीलाई अहिले ८२ रोपनीमा विस्तार गरेका छौँ”, उनले भने । एभोकाडो लगाउने योजनासहित बसेनीमा जग्गा खरिद गरे पनि सुनकागती–१ लगाउन धेरै जनाले सल्लाह–सुझाव दिएपछि सुरुमा कागतीबाट व्यावयसायिकरूपमा फलफूलखेती सुरु गरेको किसान रेग्मीले बताए ।

“सुन्तला बगैँचामा उन्सु जातका सहित १५ सय बोट सुन्तला, १२ सय बोट सुनकागती–१, तीन सय बोट निबुवा, किन्यु, जुनार, लप्सी, टिमुर, स्याउ, आँप, लिचीलगायत फलफूल रहेका छन्”, उनले भने, “यो सिजनमा सुन्ताला र सुनकागती–१ को बिक्रीबाट रु १० लाख आम्दानी हुन्छ होला, गत वर्षभन्दा अहिले कागती र सुन्तलाको उत्पादन राम्रो छ ।”

सुन्तला बगैँचामा अहिले भदौ दोस्रो हप्ता पाक्ने उन्सु जातको सुन्तलासहित असोजको अन्तिम हप्तामा पाक्ने नागपुरे जातको सुन्तला, मङ्सिरको १५ देखि पुससम्मको लागि स्थानीय खोको जातको सुन्तला र फागुनमा किन्यो जातको सुन्तला बिक्रीका लागि तयार हुने रेग्मीले बताए । “जग्गा खरिददेखि व्यवस्थापन सबैमा गरी अहिलेसम्म रु दुई करोड ५० लाख लगानी गरिसकेको छु”, उनले भने “अब बल्ल राम्रोसँग उत्पादन दिने समय भयो, अहिले बगैँचामा दुईदेखि पाँच वर्षसम्मका बिरुवा हुर्किराखेका छन् ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सिँचाइ, मेसेरेनरी औजार र बिरुवामा ५० प्रतिशत अनुदानसँगै फलफूल लगाउने आवश्यक ज्ञान, सीप, रोग कीराका बारेमा सहजै सल्लाह–सुझाव पाउँदा व्यावसायिक खेतीलाई बढाउन र पेसामा टिक्नका लागि ऊर्जा मिलेको उनले बताए । पहाडी गाउँमा व्यावसायिक कृषि फार्म सञ्चान भएसँगै स्थानीयले रोजगारीसमेत पएका छन् ।

पन्ध्र दिनको फरकमा दुई सय कामदार लगाएर बोटबिरुवा गोडमेल गर्नुपर्छ”, उनले भने, “कामदार प्रयोग गर्दा सबै यहीँ गाउँका दाजुभाइ, दिदीबहिनीलाई बोलाउने गरेका छौँ । कोदो र मकैमात्रै लगाएर जीविको चलाउँदै आएका यहाँका स्थानीयलाई पहिले गाउँमा सुन्तालाखेती हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन । “रेग्मीसरकोे टीकारत्न टुल्की कृषि फार्ममा काम गर्न जाँदा पनि यस्तो ठाउँमा किन लगानी गरेको होला भन्ने लागेको थियो”, स्थानीय युवबहादुर सारुले भने ।

बसेनीमा सुन्तलाको बोट सप्रिदैँ गयो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आवश्यक सल्लाह–सुझाव, तालिम, अनुदान प्राप्त भएपछि अहिले गाउँ नै सुन्तलाको बगैँचा बनेको सारुले बताए । यहाँको दोडेटोलका किसान पनि मकै, कोदो छोडेर सुन्तला लगाउन थालेका छन् । “बत्तीस रोपनीभन्दा बढीमा छ सय सुन्तलाको बोट लगाएको छु”, सारुले भने, “पहिले कसैले विश्वास गरेका थिएनन् अहिले सुन्तलाको बोट हुर्किएको देखेर म आफैँ दङ्ग परिरहेको छु ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्य जिल्लामा सुन्तालको बगैँचा अवलोकनमा जाँदा यहीँ माटोमा मेहनत गर्ने ऊर्जा मिलेको सारुले बताए । परियोजनाले जिल्लामा विसं २०७५ बाट सुन्तलाजातका फलफूल जोनको कार्यक्रम सुरुआत गरेको हो । सुरुमा तीन सय ३१ हेक्टरमा हुँदैआएको खेती परियोजना सुरु भएपछि अहिले आठ सय १८ हेक्टर क्षेत्रमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

“जिल्लामा परियोजनाले सुन्तलाको पुरानो बगैँचा व्यवस्थापन, नयाँ निर्माण, नर्सरी निर्माणसहित किसानलाई प्रविधिसँग जोड्दै उत्पादन क्षेत्र विस्तारमा काम गर्दै आएको छ”, उनले भने । जिल्लामा सुन्तालाको सबैभन्दा धेरै बगैँचा भएको क्षेत्र नै गैँडाकोट– १८ रहेको उनले बताए ।“यहाँ किसानले करिब १५ हजार सुन्तालका बोट लगाएका छन्”, उनले भने ।

जिल्लाको वुलिङ्टार, बौदिकाली गाउँपालिका, गैँडाकोट–१८, देवचुली–६, हुप्सेकोट–५ र मध्यविन्दु–८ र १५ मा सुन्तलाजात फलफूल जोन कार्यक्रम सञ्चालन गरिएको छ । कृषक समूह र उद्यमी गरेर पाँच सयभन्दा बढी किसान यसमा आबद्ध भएको परियोजनाले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ९ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा