४ चैत्र २०८१, मंगलबार । March 19, 2025

शीर्ष नेताको बैठक फेरि निष्कर्षविहीन, संसद् बैठक सर्‍यो



काठमाडौं । संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक फेरि निष्कर्षविहीन भएको छ ।

दिउँसो चार बजे सभामुखको कार्यकक्ष संसद् भवन बानेश्वरमा बसेको बैठक निष्कर्षविहीन सकिएको हो । बैठक मंगलबार बिहान १० बजे बस्ने गरी सकिएको छ । यसअघि आजै दिउसो १२ बजे सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः बैठक बसेको थियो ।

यता, प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसद्को अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।

संघीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ । नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै १० साउनदेखि लगातार संसद् अवरोध गर्दै आएको छ । एमालेले सरकारी अनुसन्धानमा आफूहरूलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु