२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध विहार र केन्द्रको निर्माण कार्य शुरु, भूमि पूजा सम्पन्न


२२ श्रावण २०८०, सोमबार  

9
Shares

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सँस्कृती विहारको भूमि पूजा सम्पन्न गरिएको छ ।

आइतबार रुपन्देहीस्थित लुम्बिनी गुरुयोजनास्थलको परिसरमा भूमिपूजा गरिएको विहार निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी प्रकाशकुमार श्रेष्ठले बताए । विहार फक्रिएको कमलको फूलको आकारमा निर्माण हुनेछ । बौद्ध धर्म गुरुहरूले भूमि पूजाका क्रममा विहारको जग खनेका छन् ।

भूमिपूजासँगै निर्माणको काम धमाधम अगाडि बढ्नेछ । विहारलाई १८ महिनाभित्र पूरा गर्नुपर्ने चुनौति छ । भारतको ठूलो निर्माण कम्पनी एसीसी ईण्डिया र नेपालको गोरखा बिल्डर्सले ज्वइन्ट भेञ्चरमा काम गर्न लागेका छन् ।

नेपाल पक्षको ठेकेदारमा प्रकाशकुमार श्रेष्ठ, प्रवीणराज शाक्य, ई।शिवहरि अर्याल रहेका छन् । लुम्बिनीमा भूमि पूजाको अनुष्ठानका साथै भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र विरासत केन्द्र (आईआईसीबीसीएच) को निर्माण औपचारिक रूपमा शुरू भएको छ । लुम्बिनी परिसरभित्र बौद्ध भिक्षुहरूको उपस्थितिमा गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा भूमि पूजा गरिएपछि कामको शुरुवात भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०२२ मा लुम्बिनीको यात्राका क्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबासँग बौद्ध केन्द्रको निर्माणको आधारशिला राखेका थिए । आधारशिला राखेको एक वर्षपछि शून्य कार्बन उत्सर्जनको माध्यमबाट अत्याधुनिक संरचना निर्माणको कार्यको औपचारिक प्रक्रिया शुरु भएको छ । अन्तर्राष्ट्रिय बौद्ध परिसंघ ९आईबीसी०का महासचिव डा।धम्मपियाले अन्य भिक्षुहरूसँग भूमि पूजामा भाग लिएका छन् ।

डा.धम्मपियाले भूमि पूजामा सरिक हुन पाउँदा निकै खुशी लागेको बताएका छन् । डा.धम्मपियाले भने, ‘हामी आज धेरै खुशी छौं । नेपालको लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र विरासत केन्द्रको निर्माण शुरू हुन लागेको छ ।’ डा।धम्मपियाले भनेका छन्, ‘हामी सबैलाई जानकारी छ, भारत–नेपालबीचको आध्यात्मिक र सांस्कृतिक सम्बन्ध २६०० वर्ष पुरानो हो ।’

‘मुख्य केन्द्र नेपाल र भारतका नागरिकबीच भाइचारा, सदभाव र सह–अस्तित्वमा रहेको छ’, धम्मपियाले भने, ‘हामी नेपाल सरकार र नेपालका नागरिक तथा नेपालका बौद्धका अनुयायीहरूप्रति छौँ । भारतलाई पनि गौतम बुद्ध जन्मिएको स्थानमा बौद्ध संस्कृति र विरासतका लागि अन्तर्राष्ट्रिय केन्द्र बनाउन दिनुभएको छ ।’ अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आईबीसी), नयाँ दिल्ली आईबीसी र एलडीटीबीच मार्च २०२२ मा सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौता अनुसार लुम्बिनी विकास कोष (एलडीटी) द्वारा भारतद्वारा बनाउन लागिएको संरचनामा निर्माणको देखरेख गरिरहेको छ । ‘भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र विरासत केन्द्र लुम्बिनीमा बनाउन लागिएको छ । भगवान बुद्धको जन्मस्थलमा छिटै एउटा केन्द्र प्राप्त हुन लागेको छ ।

जहाँ बुद्धसँग जोडिएका सबै जानकारी उपलब्ध हुनेछ । यो कार्यले दुई देशबीचको सम्बन्ध अझै मजबूत र गहिरो हुनेछ । बौद्ध संस्कृति र परम्पराको प्रचार र संरक्षणमा सक्रिय भूमिका खेल्नेछ’, आईबीसीको कार्य समितिका सदस्य डुप्टेन जिगडोलले भनेका छन् ।

निर्माण हुन लागेको केन्द्रमा विश्वस्तरीय सुविधा हुनेछ । जसमा बौद्ध धर्मको आध्यात्मिक कुरामा आनन्द लिन दुनियाँभरिबाट आउने तीर्थयात्री र पर्यटकलाई स्वागत गर्नेछ । फक्रिएको कमलको फूलको आकारमा अत्याधुनिक भवन बन्नेछ ।

आधुनिक भवनमा ऊर्जा, पानी र अपशिष्ट प्रबन्धका विषयमा नेटजीरोको मापदण्ड अनुरूप हुनेछ । भवनमा प्रार्थना कक्ष, ध्यान केन्द्र, पुस्तकालय, प्रदर्शनी हल, कैफेटेरिया रहनेछ । भवनमा कार्यालय र अन्य सुविधा पनि हुनेछन् । लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष अबधेश त्रिपाठीले लुम्बिनी मास्टरप्लान क्षेत्रभित्र गौतम बुद्धको पवित्र जन्मस्थानमा बौद्ध संस्कृति र विरासतका लागि भारतले अन्तर्राष्ट्रिय केन्द्रको निर्माणको वास्तविक शुरुआत गर्न लागेको बताए ।

परियोजनाका लागि अन्तर्राष्ट्रिय बौद्ध परिसंघद्वारा भारत–नेपाल संयुक्त उद्यम कम्पनी एसीसी–गोरखालाई दिइएको छ । केन्द्रको निर्माणका लागि एक अरब भारतीय रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ६ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по