८ बैशाख २०८३, मंगलबार । April 21, 2026

एक क्विन्टल सुन प्रकरणमा थप एकजना पक्राउ


१४ श्रावण २०८०, आइतबार  

6
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले एकसय केजी सुन तस्करी प्रकरणमा काठमाडौंको ठमेलबाट एकजनालाई पक्राउ गरेको छ ।

विभागको टोलीले गएराति ठमेलस्थित भियाना होटलबाट तिब्बती मूलका बेल्जिमय नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । होटलबाट विभागको टोलीले केही सामग्रीहरु पनि बरामद गरेको छ। छिरिङ यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए ।

यस्तै, विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग उनको संलग्नता रहेको बताइन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १२ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित