४ चैत्र २०८१, मंगलबार । March 18, 2025

समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनको मोर्चा घोषणा हुँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको ‘समाजवादी मोर्चा’ले आज विद्यार्थीको मोर्चा घोषणा गर्ने भएको छ ।

संघीय संसद भित्र रहेका तीनवटा दल र संसदबाहिर रहेको एउटा दलसमेत आबद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रुपमा आज समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रुपमा घोषणा गर्न लागेको हो । जसअनुसार च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा बिहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय गरिएको छ ।

उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।

पहिलो शुभेच्छुक संगठनको रुपमा घोषणा हुन लागेको विद्यार्थी मोर्चाको सांगठनिक संरचनालगायतका विषयमा घोषणा कार्यक्रममा जानकारी दिइने बताइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु