११ पुस २०८२, शुक्रबार । December 27, 2025

एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ लाई



एजेन्सी । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ ।

हिजो रातिसम्म भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भयो । जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो । उसका अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश धुल ३९ रनमा आउट भए । पाकिस्तानका सुफियान मुकिमले सर्वाधिक ३ विकेट लिए ।

अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए । त्यसअघि कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । पाकिस्तानलाई च्याम्पियन बनाउन तयाब ताहिरले १ सय ८ रनको शतकीय पारी खेले ।

शहिबजादा फहरानले ६५ तथा सैइम अयुबले ५९ रन जोडे । भारतका राजवर्द्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए । समूह चरणमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १२ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist