१० पुस २०८२, बिहिबार । December 26, 2025

सय किलो सुन प्रकरणः काठमाडौंबाट थप २ जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा बिहीबार साँझ काठमाडौं बाट थप दुई जना पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागले काठमाडौंको कोटेश्वरबाट राजन श्रेष्ठ र पुष्करराज भट्टलाई पक्राउ गरेको हो । भट्ट ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक हुन् । राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलसँगको समन्वयमा ५ वटा टोली बनाएर अपरेशन गरिरहेको छ । सो ‘विशेष अपरेशन’को कमाण्ड राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले गरेका छन् ।

सशस्त्र प्रहरीका डिएसपी प्रदिप राईसहितको सशस्त्रको टिम अपरेशनमा खटिएको छ । बिहिबार दिउँसो चिन उड्न लागेका चिनियाँ नागरिक लिङ चुवानलाई पनि सुन ओसार पसारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । अहिलेसम्म पक्राउ पर्नेहरुको संख्या ९ जना पुगेको छ ।

बुधबार राति सुन ओसारपसारमा संलग्न अरोपमा ६ जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भएका राम कुमार भुजेल, दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भएका हर्कराज राई र भारतिय नागरिक थाप्तेन छिरिङ छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist