१० पुस २०८२, बिहिबार । December 26, 2025

आइतबार नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ ।

चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले उकालो लागेर दुई हजार ९७ दशमलव शून्य नौ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव १५ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ । कूल ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता शेयर रू दुई अर्ब ३७ ६४ लाख २७ हजार पाँच सय ७३ बराबरको कारोबार भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।

सो कम्पनीको रू १९ करोड १३ लाख ११ हजार तीन सय ७२ बराबरको कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स रू १ करोड ६९ लाख ४५ हजार, माउण्टेन इनर्जी नेपाल रू नौ करोड ८४ लाख ९१ हजार नौ सय ८०, हिमालयन एभरेष्ट इन्स्योरेन्स रू सात करोड ६२ लाख ७४ हजार आठ सय पाँच र एशियन लाइफ इन्स्योरेन्स रू सात करोड ५९ लाख ९८ हजार आठ सय ८१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सनराइज फोकस्ड इक्विटी फण्ड १०, एनआइविएल नौ दशमलव ९२, सानिमा ग्रोथ फण्ड नौ दशमलब ९०, सिटिजन म्युचुअल फण्ड नौ दशमलव ८३ र माछापुच्छ्रे« बैंकको ऋणपत्रका लगानीकर्ताले नौ दशमलव ४१ प्रतिशतले कमाएका छन् ।

यस्तै, लिवर्टी इनर्जी पाँच दशमलव ९६, मकर जितुमाया सुरी हाइड्रोपावर पाँच दशमलव ८३, मञ्जुश्री फाइनान्स तीन दशमलव ९४, हिमालयन हाइड्रोपावर तीन दशमलव ८६ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले तीन दशमलव ७१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist