४ चैत्र २०८१, मंगलबार । March 18, 2025

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँः सभापति लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे । उनले भने, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो ।

तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् । ” सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह समेत गरेका छन् । रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उनले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ । फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्”, सभापति लामिछानेले भने, “हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ ।”

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ३ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु

आजदेखि पोखरा–छेङदु पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा

अछामको बाटुलासेन केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । अछाम केन्द्रविन्दु भएर आज भूकम्प गएको छ ।

मध्यराती आरआर क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी, निर्वाचन अन्योलमा

काठमाडौं । स्ववियु निर्वाचनको दिन सत्तारुढ एमाले निटक विद्यार्थी संगठन