२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

बाघको आक्रमणबाट एक महिला घाइते



कञ्चनपुर । बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् ।

बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् । बिहीबार साझँ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए ।

उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । डगौंरालगायत १०÷१२ महिलाको समुह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौँरामाथि आक्रमण गरेको हो । “सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो”, वडाध्यक्ष रानाले भने–“आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।”

यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान