८ चैत्र २०८२, आइतबार । March 23, 2026

चितवनको दासढुङगामा बस दुर्घटना, १९ जना घाइते


२९ असार २०८०, शुक्रबार  

6
Shares

चितवन । चितवनको दासढुङगा नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार बिहान ५ बजेको समयमा कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो । बस सडकबाट करिब १० मिटर तल खसेको छ । बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट २५ जनाको उद्धार सहितको टोली खटीएको छ ।

घाइते हुनेहरुमा भारत सिलगुडी बस्ने वर्ष ६० की कमला सुब्बा,भारत सिलगुडी बस्ने वर्ष ४४ की लक्की सुब्बा,मोरङ हरैचा नगरपालिका ३ बस्ने वर्ष २३ को सुसान्त सुब्बा,हरैचा ८ बस्ने वर्ष ३४ की सुनिता लामीछाने,सुनसरी बस्ने वर्ष ४० की संगिता मगर,झापा मेची नगरपालिका ११ बस्ने वर्ष ३२ की सुमिमा राई भक्तपुर महानगरपालिका १ बस्ने वर्ष ३० को मिलन तामाङ, ललितपुर गोदावरी नगरपालिका ७ बस्ने वर्ष २७ का सुमन लामा,भोजपुर अरुण गाउँपालिका १ बस्ने वर्ष २९ का नन्द बहादुर पाण्डे, वर्ष १९ को लिला बहादुर पाण्डेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तै सहचालक सर्लाही लालबन्दी नगरपालिका १० बस्ने वर्ष ३६ का बिक्रम मगर,कन्टेक्टर धादिङ निकण्ठ ७ बस्ने वर्ष ३६ को दिल बहादुर श्रेष्ठ,बसमा सवार सुनसरी रक्तमाला नगरपालिका ५ बस्ने वर्ष २९ की मनिका राई, बसमा सवार मोरङ हरैचा नगरपालिका ५ बस्ने वर्ष २५ की कल्पना राई, वर्ष २५ की सपना राई, धनकुटा सहिदभुमी गाउँपालिका ४ बस्ने वर्ष ३८ की विश्वलक्ष्मी राई,निजकै छोरी वर्ष चारकी दिब्या राई,बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका २ बस्ने वर्ष ३७ का बादल कुमारको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो