८ चैत्र २०८२, आइतबार । March 22, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


२८ असार २०८०, बिहिबार  

6
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव २५ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । नेप्सेका अनुसार कूल ९३ लाख ८२ हजार चार सय ४० कित्ता शेयर रू तीन अर्ब ३९ करोड छ लाख ६० हजार छ सय पाँच मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू २३ करोड ७५ लाख ९३ हजार तीन सय ४८ मूल्य बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटल रू १७ करोढ ९२ लाख ९४ हजार पाँच सय ६१, हिमालयन लाइफ इन्स्योरेन्स रू १६ करोड १५ लाख नौ हजार, नेपाल दूरसञ्चार कम्पनी रू ११ करोड ८४ लाख ४८ हजार पाँच सय १४ र चिलिमे आइड्रोपावर कम्पनी रू सात करोड ५० लाख ९० हजार नौ सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, एनएमबी बैंकको ऋणपत्र र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलव ९४, सिटिजन म्युचुअल फण्ड पहिलो सात दशमलव ९८ र सानिमा लार्ज क्यापका लगानीकर्ताले सात दशमलव ८३ प्रतिशतले कमाएका छन् ।

पिपल्स हाइड्रोपावर छ दशमलव शुन्य पाँच, हिमालयन पावर पार्टनर पाँच दशमलव ८३, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ८३, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ५६ र रिडी पावरका लगानीकर्ताले पाँच दशमलव ५३ प्रतिशतले गुमाएका छन् ।

आजको कारोबारपछि बजार पूँजीकरण रू ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख ७३ हजार एक सय २९ बराबर रहेको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो