२१ माघ २०८१, सोमबार । February 3, 2025

ओली भन्छन्ः एमालेले ७० वर्षे राखोस् कि हटाओस्, अरुलाई के मतलब ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद हटाउने विषय अरुको मतलबको विषय नभएको बताएका छन् ।

एमाले वागमती प्रदेश कमिटीको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष ओलीले एमालेले ७० वर्षे उमेरहद हटाओस् कि ४० राखोस् अरूको मलतबको विषय नभएको बताएका हुन् । ‘पछिललो केहि दिनदेखि एमालेले ७० वर्ष हटायो भनेर हाम्रा विरोधीहरूको रुवावासी छ । तिनलाई के चासो रु ७० हटाओस् कि ७५ राखोस् कि ६० राखोस् कि ४० राखोस्, तिनलाई के मतलब रु,’ उनले भने । अन्य दलहरुले उमेरहद नै नराख्दा पनि भइरहेको उनको भनाई थियो ।

‘कांग्रेसले उमेरै राखेकै छैन । त्यहाँ ८० वर्षको नेता हुँदा पनि ठीकै छ,’ उनले भने, यहाँ त तिनीहरूलाई खालि एमालेकै विरोध गर्नुछ । शेरबहादुरजी ८० वर्ष जति हुनुहुन्छ, र पनि ठिकै छ । केपी ओलीलाई मात्र ताकेका छन् ।’

उमेरहदको विषय उठाउनु अराजनीतिक तर्क भएको र ओलीले त्यस्तासँग आफू राजनीतिक म्याराथनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘कहिलेकाहीँ त्यस्ता अराजनीतिक कुरा गर्नेलाई म्याराथन दौडका लागि निम्तो गरौं कि जस्तो लाग्छ, आऊन् न म्याराथन दौडमा दौडिएको हेर्न,’ उनले भने, ‘उमेर कुनै वैज्ञानिक कुरा होइन, कसैले राखेको पनि छैन । जसले राखेको थियो तिनले हटाइसके ।

सबैभन्दा पहिले उमेरहद राख्ने साइप्रसको पार्टीले पनि हटाइसक्यो अनि हामीले मात्रै राख्नुपर्ने ?’

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको