२१ माघ २०८१, सोमबार । February 3, 2025

समाजवादी मोर्चाको बैठक बस्दै



काठमाडौं । समाजवादी मोर्चाको बैठकआज (बुधबार) अपराह्न बस्दैछ।

बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो। समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। साउन दोस्रो सातादेखि सातै प्रदेशमा मोर्चा गठन गर्ने तयारी रहेको उनले बताए ।

समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल पनि बनाएको थियो। मोर्चाको कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप तयार पार्न गठन गरिएको कार्यदलले तयार पारेको दस्तावेजमाथि पनि आज छलफल हुने उनले बताए। कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरूङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट खड्गबहादुर विश्वकर्मा सदस्य छन्।

मोर्चाको अघिल्लो बैठकले आलोपालो अध्यक्षता गर्ने र नेतृत्व ६–६ महिनामा चक्रीय हिसाबले परिवर्तन हुने निर्णय गरेको थियो। मोर्चाको अहिलेको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको