२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सवारीको ठक्करबाट दुई हरिणको मृत्यु


२५ असार २०८०, सोमबार  

6
Shares

मोरङ । मोरङको पथरी शनिश्चरेमा दुई वटा हरिण मृतावस्थामा फेला परेका छन् ।

आज पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरी शनिश्चरे नगरपालिका–१० स्थित शिवर डाँडामा सवारीको ठक्कबाट दुई हरिणको मृत्यु भएको हो । पशुपति सामुदायिक वनको संरक्षणमा रहेको हरिणको बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएका कारण मृत्यु भएको सवडिभिजन वन कार्यालय पथरी शनिश्चरेका प्रमुख दिवसकुमार चौधरीले जानकारी दिए ।

कुन सवारीले ठक्कर दियो भन्ने बारेमा पुष्टि नभएको र थप अनुसन्धान अगाडि बढाइएको चौधरीले बताए । पशुपति सामुदायिक वनले ११ महिनादेखि ती हरिणलाई संरक्षण गरेको थियो । एउटा बच्चा र अर्को गर्भिणी पोथी हरिण मरेका हुन् । सवडिभिजन वन कार्यालय पथरी शनिश्चरे मातहतमा एक महिनाभित्र पाँच वटा दुर्घटना भएका छन् ।

चार वटा दुर्घटनामा पाँच वटा हरिणको मृत्यु भएको छ भने एउटा सिकारीले मारेको तथ्याङ्क छ । जङ्गली क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाउनु, वन्यजन्तुका विषयमा सवारी चालकलाई चेतनाको अभाव हुनुले वन्यजन्तुसम्बन्धी दुर्घटना बढ्दै गएको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख योगेन्द्रसिंह खड्काले बताए ।

पछिल्लो समय मानिसमा जनचेतनाको कमी हुनु, जङ्गलमा आगो लगाउनु र सिकारी बढ्न थालेपछि वन्यजन्तु बस्ती आसपास निस्कने गरेका छन । चरन क्षेत्रको अभाव हुनुका साथै वन्यजन्तु चोरी सिकारी र दुर्घटनामा कडाइ नहुँदा यस्तो घटना बढ्दै गएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ९ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ