६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

सातै प्रदेशमा कार्यक्रम गर्ने समाजवादी मोर्चाको पहिलो बैठकको निर्णय


२३ असार २०८०, शनिबार  

6
Shares

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल भएको र सातै प्रदेशमा केही दिनभित्रै आमसभा गर्ने निर्णय भएको छ ।

“साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले कुन प्रदेशमा कस्ता कार्यक्रम गर्ने भन्ने घोषणा गर्नेछ”, उनले भने । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लगायत चारै पार्टीका दोस्रो तहका नेताहरू सहभागी रहेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकले सातै प्रदेशमा गरिने आमसभाको मिति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले सात प्रदेशमा गरिने कार्यक्रमको मिति र आचारसंहिता तयार गर्ने उपाध्यक्ष पाण्डेले जानकारी दिए । चार सदस्यीय कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन् ।

कार्यदलले समाजवादी मोर्चाको भावी रणनीति तयार गर्ने जनाइएको छ । मोर्चालाई कसरी बलियो बनाएर लैजाने, नेपाली समाजको विशेषताअनुसारको समाजवाद कस्तो बनाउने भन्ने नीतिगत दस्तावेज तयार गर्ने जिम्मेवारी दिइएको एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए । मोर्चाको नेतृत्व छ–छ महिनामा नेताहरूले आलोपालो गर्ने समझदारी बनेको र सो विषय आगामी बैठकले टुङ्गो लगाउने एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

आजको बैठक सौहार्दपूर्ण ढङ्गले सम्पन्न भएको र भावी रणनीतिबारे आगामी बैठकमार्फत बाहिर ल्याइने उनको भनाइ छ । मोर्चा गठन भएको २३ दिनपछि पहिलो बैठक बसेको हो । “मोर्चा गठन भएको लामो समयपछि बैठक बस्यो, प्रथम बैठक अलि ढिला भयो भन्ने हामी सबैले समीक्षा गर्यौँ ।

आजको बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल गर्यौँ”, उपाध्यक्ष पाण्डेले भने ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो