६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

सुचना टाँस गरि प्रतिनिधिसभा बैठक आइतबार सम्मका लागि स्थगित


२२ असार २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । सुचना टाँस गरि प्रतिनिधिसभाको बैठक आइतबार सम्मका लागि स्थगित भएको छ ।

बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बस्ने भनिएपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अडानका कारण बैठक बस्न नसकेको हो । अर्को बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि सारिएको छ । सभामुख देवराज घिमिरेले बैठक सहज रुपमा सञ्चालनका लागि विभिन्न दलका प्रमुख सचेतकहरुसहितको छलफलमा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि बैठक अघि नबढाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत असार १८ गते भारतीय मुलका नेपाली व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेको कुरालाई लिएर एमालेले राजीनामा माग गर्दै संसदमा अवरोध गर्दै आइरहेको छ । संसद्को अवरोध हटाउन सभामुख घिमिरेले शुक्रबार विभिन्न चरणमा छलफल गरेपनि एमाले सहमत नभएपछि बैठक स्थगित भएको हो ।

एमाले लगाएतका अन्य प्रतिपक्षी दलहरुले पनि यसको विरोध गरिरहेका छन् । चौतर्फि रुपमा प्रधानमन्त्रीको राजिनामा माग भएपनि बिहिबार बसेको सत्ता गठबन्धनको बैठकले भने प्रधानमन्त्रीले राजिनामा दिनुनपर्ने निष्कर्ष निकालेको थियो ।

यसअघि प्रधानमन्त्री दाहाल स्वयमले पनि उक्ता अभिव्यक्ति आफ्नो नभइ सरदार प्रितम सिंहको कुरा आफुले राखेको स्पष्टिकरण दिएका छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो