८ कार्तिक २०८३, आइतबार । October 25, 2026

सुचना टाँस गरि प्रतिनिधिसभा बैठक आइतबार सम्मका लागि स्थगित


२२ असार २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । सुचना टाँस गरि प्रतिनिधिसभाको बैठक आइतबार सम्मका लागि स्थगित भएको छ ।

बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बस्ने भनिएपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अडानका कारण बैठक बस्न नसकेको हो । अर्को बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि सारिएको छ । सभामुख देवराज घिमिरेले बैठक सहज रुपमा सञ्चालनका लागि विभिन्न दलका प्रमुख सचेतकहरुसहितको छलफलमा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि बैठक अघि नबढाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत असार १८ गते भारतीय मुलका नेपाली व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेको कुरालाई लिएर एमालेले राजीनामा माग गर्दै संसदमा अवरोध गर्दै आइरहेको छ । संसद्को अवरोध हटाउन सभामुख घिमिरेले शुक्रबार विभिन्न चरणमा छलफल गरेपनि एमाले सहमत नभएपछि बैठक स्थगित भएको हो ।

एमाले लगाएतका अन्य प्रतिपक्षी दलहरुले पनि यसको विरोध गरिरहेका छन् । चौतर्फि रुपमा प्रधानमन्त्रीको राजिनामा माग भएपनि बिहिबार बसेको सत्ता गठबन्धनको बैठकले भने प्रधानमन्त्रीले राजिनामा दिनुनपर्ने निष्कर्ष निकालेको थियो ।

यसअघि प्रधानमन्त्री दाहाल स्वयमले पनि उक्ता अभिव्यक्ति आफ्नो नभइ सरदार प्रितम सिंहको कुरा आफुले राखेको स्पष्टिकरण दिएका छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि