७ कार्तिक २०८३, शनिबार । October 25, 2026

नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने अध्यक्ष ओलीको विश्वास


१९ असार २०८०, मंगलबार  

6
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गरेका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कृषि तथा पशुपंक्षी विभागको बैठकलाई आज सम्बोधन गर्दै उनले देशभित्र रहेका नेपालीले नै मुलुकको विकास गर्न सक्ने बताए । विभिन्न देशमा गएर विकास निर्माण गरेका नेपालीले आफ्नो देश पनि बनाउन सक्दैनन् भन्ने प्रश्न नहुने भन्दै अध्यक्ष ओलीले बाहिर गएका बाहेकका नेपालीले नेपाल बनाउन सक्ने विश्वास व्यक्त गरे । “नेपालका २४ लाख जनसङ्ख्या बाहिर गएका छन् ।

त्यो २४ लाख जनसङ्ख्या नहुँदा पनि नेपालमै रहेका जनसङ्ख्याले मुलुकको विकास गर्न सक्दछ”, उनले भने “विभिन्न देशमा गएर पुल, एयरपोर्ट, अनेक संरचना बनाइ दिएका छन् । आफ्नो देशमा बनाउन सक्दैनन् भन्ने कुरा हुन्छ ” । मुलुक बाहिर गएका दक्ष जनशक्तिलाई नेपाल फर्काउनु पर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भने, “हामी बाहिर गएर नेपालीलाई बलजफती फर्काउन सक्दैनौँ ।

मुलुक बाहिर जाने प्रवृत्तिलाई रोक्ने, बाहिर जाने आकर्षण कम गर्ने र मुलुकभित्रको आकर्षण वृद्धि गर्ने तथा बाहिरबाट आएपछि जान मन नलाग्ने स्थिति बनाउने गर्नुपर्दछ ।” उनले ६० प्रतिशत जनसङ्ख्यालाई कृषि क्षेत्रमा प्रवेश गराउनुपर्नेमा जोड दिँदै कृषि अर्थतन्त्र बलियो भएको हाम्रो जस्तो समाजलाई कसैले पनि प्रहार गर्न नसक्ने दाबी गरे । “कृषिमा आधारित मजबुद अर्थतन्त्रलाई अरुले केही गर्न सक्दैनन् ।

त्यसको अलिकति आयात तथा निर्यात घटाउन सक्ला”, उनले भने, “हामी कृषिमा निर्भर भयौँ भने आर्थिक मन्दीले कुनै घुडा टेकाउन सक्दैन । दैनिक रुपमा जीवन चलाउनका लागि कसैले पनि केही सक्दैन ।” श्रमको प्रयोग अहिले पनि उपयुक्त तरिकाले हुन नसकेको भन्दै अध्यक्ष ओलीले श्रमलाई ठीकसँँग प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनले आज पनि मानव जातिले भोगिरहेको सबैभन्दा ठूलो समस्या भोकमरी र गरिबीको समस्या नै भएको बताए । अध्यक्ष ओलीले समाजलाई न्यायपूर्ण बनाउनको लाग सबै मान्छेलाई भोकको चिन्ताबाट मुक्त गराउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि