८ चैत्र २०८२, आइतबार । March 22, 2026

मंगलबार नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो


१९ असार २०८०, मंगलबार  

9
Shares

काठमाडौं । यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ ।

आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात सय ३१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ ।

सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक सय ३३ दशमलव ३४ र निर्जीवन बीमा समूह ७८ दशमलव ०७ अङ्कले बढेको छ । बैंकिङ समूह एक दशमलव ०७, विकास बैंक ३१ दशमलव ०५, वित्त ३५ दशमलव ३४, जलविद्युत् तीन दशमलव १६, लगानी शून्य दशमलव ९९ र जीवन बीमा ३० दशमलव ५० अंकले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ४० दशमलव ०८, लघुवित्त ३० दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव ०२, व्यापार १५ दशमलव ८१ र अन्य समूह १५ दशमलव ८१ अङ्कले बढेको छ ।

सिटी होटल लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नागरिक लगानी कोषको रू १२ करोड १७ लाख आठ सय ३० बराबरको शेयर खरिदबिक्री भएको छ ।

त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको दुई लाख १४ हजार पाँच सय ८३ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो