४ चैत्र २०८१, मंगलबार । March 18, 2025

श्रमको सम्मान भए मात्र गुरुहरूको सम्मान हुन्छः मेयर साह



काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मन्त्रोच्चारण गरेर मात्र गुरुहरूको सम्मान नहुने बताएका छन्।

गुरु पूर्णिमाको अवसरमा सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै साहले श्रम ऐन र शिक्षा ऐनको पूर्ण कार्यान्वयनले मात्र गुरुहरूको सम्मान हुने जनाएका हुन्। ‘सबै गुरुहरूलाई आज गुरु पूर्णिमाको दिन सम्झिँदै गर्दा उनीहरूको तलब सुविधालाई श्रम ऐनले कि शिक्षा ऐनले सम्बोधन गर्दा सम्मानित हुन्छ भन्ने पनि सोचिदिऔँ,’ उनले लेखेका छन्,‘गुरुलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राखौँ।’ समयको क्रम र आवश्यकता अनुसार ऐन कानुनहरू पनि परिवर्तन हुँदै जाने र जानुपर्नेमा पनि साहले जोड दिएका छन्। नियमहरूले आफ्नै सभ्यता, समाज र विकासक्रमको आधारमा हुने जनाउँदै उनले लेखेका छन्,‘आधुनिक नियमले जसरी व्याख्या गरे पनि हाम्रो सभ्यता, सामाजिक चेत र विकासक्रमले गुरुलाई श्रम गर्ने मात्रको कोटीमा राख्दैन । राख्थ्यो भने सदियौँदेखि भनिँदैन थियो।’

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु

आजदेखि पोखरा–छेङदु पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा

अछामको बाटुलासेन केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । अछाम केन्द्रविन्दु भएर आज भूकम्प गएको छ ।

मध्यराती आरआर क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी, निर्वाचन अन्योलमा

काठमाडौं । स्ववियु निर्वाचनको दिन सत्तारुढ एमाले निटक विद्यार्थी संगठन