५ आश्विन २०८३, सोमबार । September 22, 2026

श्रमको सम्मान भए मात्र गुरुहरूको सम्मान हुन्छः मेयर साह


१८ असार २०८०, सोमबार  

3
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मन्त्रोच्चारण गरेर मात्र गुरुहरूको सम्मान नहुने बताएका छन्।

गुरु पूर्णिमाको अवसरमा सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै साहले श्रम ऐन र शिक्षा ऐनको पूर्ण कार्यान्वयनले मात्र गुरुहरूको सम्मान हुने जनाएका हुन्। ‘सबै गुरुहरूलाई आज गुरु पूर्णिमाको दिन सम्झिँदै गर्दा उनीहरूको तलब सुविधालाई श्रम ऐनले कि शिक्षा ऐनले सम्बोधन गर्दा सम्मानित हुन्छ भन्ने पनि सोचिदिऔँ,’ उनले लेखेका छन्,‘गुरुलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राखौँ।’ समयको क्रम र आवश्यकता अनुसार ऐन कानुनहरू पनि परिवर्तन हुँदै जाने र जानुपर्नेमा पनि साहले जोड दिएका छन्। नियमहरूले आफ्नै सभ्यता, समाज र विकासक्रमको आधारमा हुने जनाउँदै उनले लेखेका छन्,‘आधुनिक नियमले जसरी व्याख्या गरे पनि हाम्रो सभ्यता, सामाजिक चेत र विकासक्रमले गुरुलाई श्रम गर्ने मात्रको कोटीमा राख्दैन । राख्थ्यो भने सदियौँदेखि भनिँदैन थियो।’

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा